२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्युठानमा एकैपटक ३७ जनाले कोरोना जिते

मंगलवार , आषाढ २३, २०७७

काठमाडौं,  असार । प्युठानमा एकैपटक ३७ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कोरोना जितेर फर्किएका मध्ये प्यूठान नगरपालिकाका २८ जना, माण्डवी गाउँपालिकाका ८ जना र ऐरावती गाउँपालिकाका १ जना रहेको कार्यालयका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो ।

दोस्रो परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाइएको हो । पछिल्लो समय जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गइरहेको र निको हुनेको संख्या बढ्दै गएको छ ।

प्यूठानमा हालसम्म जम्मा ३ सय २७ जना कोरोना संक्रमित मध्ये १ सय २० जना निको भएर घर फर्कीसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार