१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनल अर्थात स्वर्ण पदकका लागि सोमबार नेपाली टोलीले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा हुनेछ ।
यो खेल नेपालका लागि अघिल्लो सागको फाइनल तथा दुई दिनअघि लिग चरणको खेलमा भारतसँग भोगेको पराजयको बदला लिने मौका हुनेछ । त्यो भन्दा ठूलो यो खेल जित्दै नेपाली टोलीले सागमा स्वर्ण जितेर इतिहास बनाउने सम्भावना छ ।
अहिलेको सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३–० तथा श्रीलङ्कालाई १–० ले पराजित गरेको थियो । तर भारतसँग १–० ले पराजित भएको थियो । भारत श्रीलङ्कालाई ६–०, माल्दिभ्सलाई ५–० र नेपाललाई १–० गोलले पराजित गरी समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो ।