२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता

साग खेलकुद : कस्ताे छ त हासम्मकाे पदक तालिका

भारतको तीन गुणा बढी स्वर्ण पदक

आइतवार , मंसिर २२, २०७६

 

काठमाडौँ,  मङ्सिर  ।  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा आयोजक नेपाल दोस्रो स्थानमा छ । सात राष्ट्र सहभागी खेलकुदमा नेपाल ४५ स्वर्ण, ४४ रजत र ७६ कास्य पदक गरी १६५ पदक सहित दोस्रो स्थानमा रहेको हो । 

पहिलो स्थानमा भारत रहेको छ । भारतको नेपालको भन्दा तीन गुणा बढी स्वर्ण पदक छ । भारतले १३२ स्वर्ण, ७९ रजत र ४१ कास्यपदक सहित २५२ पदक बटुलेको छ । 

तेस्रो स्थानको श्रीलंकाले नेपाललाई भेट्टाउन खोजिरहेको छ । श्रीलंका ३६ स्वर्णसहित तेस्रो स्थानमा रहेको हो । पाकिस्तानले पनि श्रीलंकालाई भेट्टाउन खोजिरहेको छ २९ स्वर्णसहित । 

बंगलादेश भने ८ स्वर्णबाट पाँचौं स्थानमा छ । छैटौं स्थानको माल्दिभ्सको १ स्वर्णपदक छ । 

फुटबलको फाइनलमा पुगेको भुटानको ९ कास्यमात्र छ । फुटबलमा नेपालले कम्तीमा रजत जितेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार