काठमाडौं, असार । नेपालमा कोरोना संक्रमित बढ्दै गएका छन । संक्रमित दर हेर्दा नेपालमा पनि कोरोनाको जोखिम अझ बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, शुक्रबार मात्रै नेपालमा ५९३ जनामा कोरोना संक्रमण भएको छ भने कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको पत्रकार सम्मेलनका अवसरमा जनाइएको छ ।
यसैगरी, शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६९८ पुगेको छ ।