काठमाडौं, असार । गण्डकी प्रदेशमा बिहीबार थप ११ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थप कोरोना संक्रमित म्याग्दीका ६ जना, स्याङ्जाका एक, बागलुङका दुई र नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का दुई जना रहेका छन् । थप कोरोना संक्रमित सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाइएको छ ।
