काठमाडौं, असार । कोरोना भाइरसका कारण नेपाल संबेदनशील अवस्थामा पुगेको छ । भाइरस संक्रमणको अवस्था हेर्ने हो भने पछिल्लो २४ घण्टामा ६२९ जना थपिएका छन ।
कोरोना भाइरस (कोभिड–१९) को यो संक्रमण पुष्टिसँगै संक्रमितको सख्ंया १० हजार ७२८ पुगेको छ । उनीहरूमध्ये २४ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टा यता निको भएर डिस्चार्ज हुनेको संख्या ११४ छ । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या दुई हजार ३३८ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८२८ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण भेटिएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म एकलाख ९३ हजार १९४ पीसीआर टेस्ट भएको छ ।
यस्तै, आरडीटी टेस्ट २ लाख ८३ हजार ६९६ भएको छ । अहिले पनि ७८ हजार ६३९ जना देशका विभिन्न क्वारेन्टिनमा छन ।