२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

गुल्मी : 'थप ४४ जनामा कोरोना संक्रमण पुष्टि'

सोमवार , आषाढ ८, २०७७

 

गुल्मी,असार । गुल्मीमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु, काठमाडौं र प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीमा सोमबार ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा मालिका गाउँपालिकाका ९, इस्मा गाउँपालिकाका ३२, मुसिकोट नगरपालिकाका १ र रुरुक्षेत्र गाउँपालिकाका २ जना गरी कुल ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । यससँगै गुल्मीमा संक्रमितको संख्या २३७ पुगेको छ ।

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको आचार्यले बताए । संक्रमितमध्ये २० जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार