२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

गण्डकी : "२० मा संक्रमण थपियाे , संंक्रमितको संख्या ५४० पुग्यो"

आइतवार , आषाढ ७, २०७७

पोखरा, असार  । सोमबार बिहान स्याङजामा १२ र नवलपुरमा ८ जना गगरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।

स्याङजाको अर्जुन चौपारी गाँउपालिकामा ८ जना पुरुष २ जना महिला र कालीगण्डकी गाँउपालिकामा २ जना पुरुषमा संक्रमण संक्रमण पुष्टि भएको छ ।
यसैगरि नवलपरासी पूर्वमा पनि बौद्धकाली गाँउपालिकामा ८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट आएर समबन्धित जिल्लामा क्वारेन्टिनमा बसेका रहेको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डां बिनोद बिन्दु शर्माले जनाए  ।

सम्पूर्ण संक्रमितलाइ सम्बन्धित जिल्लाहरुमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म प्रदेशभर ४९ जना बिरामी निको भएर घर फर्केका छन् । स्याङ्जाको वालिङका ५८ वर्षे पुरुषको निधन भएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार