२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

भारतबाट फर्केका आठ महिनाको शिशुसहित गुल्मीमा थप २६ जनामा कोरोना संक्रमण

बुधवार , आषाढ ३, २०७७

काठमाडौं, असार ।  आठ महिनाको शिशुसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रेसुङ्गा नगरपालिकामा ८ महिनाको शिशुसहित १० जना, इश्मा गाउँपालिकामा ९ जना, गुल्मी दरवार गाउँपालिकामा ४ जना, मालिका गाउँपालिकामा २ जना, सत्यवती गाउँपालिकामा १ जना गरि एकै दिन २६ जना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय गु्ल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । संक्रमण पुष्टि भएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।

योसँगै गुल्मी जिल्लामा संक्रमितहरूको संख्या ५८ पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् भने जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार