२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

वीरगञ्जमा मृत्यु भएका २ जनामा कोरोना पोजेटिभ, कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

शनिवार , जेठ ३१, २०७७

काठमाडौं, जेठ ।  वीरगञ्जमा मृत्यु भएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बारा निजगढका ५ वर्षीय बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । 

ती बालकलाई शुक्रवार बिहान अस्पताल भर्ना गरिएकोमा साँझ मृत्यु भएको थियो । निमोनियाबाट सिकिस्त बालकको आरडीटी पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । शनिवार परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । 

यसैगरी वीरगञ्जको घण्टाघरमा मृत अवस्थामा फेला परेको अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले बताएको छ । यसअघि वीरगञ्जको नेशनल मेडिकल कजेलमा मृत्यु भएका बारा जिल्लाका एक वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।  शनिवार वीरगञ्जका विभिन्न क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज ५ का २ १९ र ३४ वर्षका पुरुष जना र पर्साको जगरनाथपुरका ३० वर्षीया महिला, ३ र १५ वर्षका बालकमा कोरोना पुष्टि भएको उपाध्यायले बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार