२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संयुक्त राष्ट्रसंघ प्रतिवेदन भन्छ

संयुक्त राष्ट्रसंघले भन्याे :" विश्वभरमा ‘अति गरिब’ एक अर्ब नाघ्नसक्ने"

थप ४० करोड गरिबीको शिकार हुने

शुक्रवार , जेठ ३०, २०७७

 

काठमाडाैँ, जेठ । विश्वभर गम्भीर समस्याका रूपमा देखीएकाे  कोरोना महामारी र लकडाउनका कारण हुने आर्थिक नोक्सानीको कारण विश्वभर ‘अति गरिब’को संख्या एक अर्ब नाघ्नसक्ने संयुक्त राष्ट्रसंघ (यूएन)को एक प्रतिवेदनले देखाएको छ ।

उक्त प्रतिवेदनका अनुसार थप ४० करोड गरिबीको शिकार हुनेछन् । जसमा दक्षिण र पूर्वी एसियाका मानिसहरु बढी प्रभावित हुनेछन् । उक्त प्रतिवेदनमा विश्वका मानिसहरुले आम्दानीमा कस्तो असर पर्छ भन्ने पनि उल्लेख गरिएको छ ।

महामारीको असर सबैभन्दा खराब देखिएको खण्डमा मानिसहरुको पुँजीगत आम्दानीमा २० प्रतिशतको कमी आउनेछ । यो अवस्थामा एक अर्बभन्दा बढी मानिसहरुले दुई डलरभन्दा कम रकममा दैनिक गुजारा गर्न बाध्य हुनेछन् ।

त्यसका साथै तीनअर्ब ७० करोड मानिस अर्थात् करिब विश्वको आधा जनसंख्याको आम्दानी घटेर दैनिक ५.५ डलरभन्दा कममा आउनेछ । महामारीको कारण विश्वबाट गरिबी उन्मूलनको कार्यक्रम पनि २० देखि ३० वर्षपछि धकेलिने उक्त प्रतिवेदनमा उल्लेख छ ।

स्रोत : बीबीसी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार