२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

चितवन र नवलपरासीका थप ५ जनामा कोरोना संक्रमण

मंगलवार , जेठ २७, २०७७

काठमाडौँ, जेठ  ।  नेपालमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला र पोखरामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। 

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा चितवनका २ र नवलपरासी गैंडाकोटका २ जनामा र पोखरामा नवलपरासी पूर्व, देवचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४० वर्षका एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

चितवनमा कालिका -६ जुटपानीका वर्ष २० का पुरुष र भरतपुर -५  का २८ वर्षे पुरुषमा कोभिड-१९ पोजेटिभ पुष्टि भएको हो। यस्तै गैडाकोट नगरपालिका १३ र १४ का २३ र २६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार