२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना भाइरसको संक्रमण

नेपालमा काेराेना :" पाेखरामा थप एकको मृत्यु, ज्यान गुमाउने १४ पुगे "

स्याङ्जा वालिङका–३ का ६० वर्षीय पुरुषको मृत्यु

सोमवार , जेठ २६, २०७७

काठमाडाैँ, जेठ ।  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा उपचाररत कोभिड–१९ का एक सङ्क्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले सोमबार विज्ञप्ति जारी गरी पुष्टि गरेको हो ।  

निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका ती व्यक्तिको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो ।

उनी मिर्गौला, मधुमेहलगायतका रोगको बिरामी भएको बताइन्छ ।  उनको मृत्युसंगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार