२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना कहरः

बिहानै थपिए १७ कोरोना संक्रमित, गण्डकीमा संक्रमित संख्या ७५ पुग्यो

१६ देखि ५९ वर्ष उमेरका पुरुष

शुक्रवार , जेठ २३, २०७७

काठमाडौं, जेठ  । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वी नवलपरासीमा ३-३ तथा बागलुङमा १ जनामा गरी थप १७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । 

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ भने कोरोना पुगेको जिल्ला चार पुगेको जनाइएको छ । थप कोरोना संक्रमित सबै १६ देखि ५९ वर्ष उमेरका पुरुष रहेको र जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएको जनाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार