२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

एकै दिन ३३४ जनामा कोरोना संक्रमण, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो

बिहिवार , जेठ २२, २०७७

काठमाडौं, जेठ । बिहीबार एकै दिन थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । बिहीबार थप एकजनाको संक्रमणका कारण मृत्यु भएको छ ।

पाल्पा जिल्लाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

ति संक्रमितको मृत्यु भने २० गते नै भइसकेको थियो । यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

२९० जनाले कोरोनाको संक्रमण जितेर निको भएका छन् । नेपालमा कोरोना संक्रमण ६५ जिल्लामा फैलिएको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार