२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रिमियर फुटबल क्लबहरुले अब मैत्रीपूर्ण खेल खेल्न पाउने

मंगलवार , जेठ २०, २०७७

काठमाडौं, जेठ  ।  इंग्लिस प्रिमियर फुटबल क्लबहरुले अब मैत्रीपूर्ण खेल खेल्न पाउने भएका छन् ।

प्रिमियर लिगले क्लबहरुलाई जुन १७ अघि मैत्रीपूर्ण खेल खेल्नका लागि अनुमति दिएको हो ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगको यो सिजनका बाँकी खेलहरु यही जुन १७ देखि सुरु हुँदैछन् । त्यसैको तयारीका लागि क्लबहरुलाई अभ्यास खेलको अनुमति दिइएको हो ।

लामो समयदेखि खेल नभएकाले खेलाडीहरुलाई आपसी तालमेल मिलाउन पनि अभ्यास खेल आवश्यक देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार