२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पौडीमा गौरिकाकलाई स्वर्ण : ३३ पुग्यो नेपालको स्वर्ण

बिहिवार , मंसिर १९, २०७६

 

काठमाडौं, मङ्सिर । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) मा  गौरिका सिंहले र्ण पदक जितेकी छन। उनले २०० मिटरको फ्रि स्टाइल स्पर्धामा भारतकी शिवांगी शर्मालाई हराउँदै स्वर्ण पदक जित्न सफल भएकी हुन ।
सातदोबाटोस्थित कम्प्लेक्समा सम्पन्न पौडीको स्पर्धामा उहाँले निर्धारित दूरी दुई मिनेट पाँच दशमलब शुन्य छ सेकेण्डमा पुरा गरेकी छन । भारतकी शिवांगीले उक्त दूरी पार गर्न दुई मिनेट सात दशमलब १९ सेकेण्ड लाग्यो। दक्षिण एसियाली खेलकुदको पछिल्लो संस्करणमा उनले एक रजतसँगै तीन कास्य पदक जितेकी िथइन ।
ब्राजिलको रियो दे जेनारियोमा सम्पन्न २०१६ को ग्रीष्मकालीन ओलम्पिकमा विश्वकै सबैभन्दा कान्छो ओलम्पियानको रुपमा सहभागी भएकी िथइन । पौडीको महिला १०० मिटर विधामा सहभागी हुँदा उनको उमेर मात्र १४ वर्ष थियो ।

गौरिकाले तेह्रौं संस्करणको विभिन्न ९ विधामा सहभागी हुने तय गरिएको छ ।  गौरिकाको स्वर्णसँगै नेपालले ३३ औं स्वर्ण पदक जितेको छ ।यसअघि बुद्धिबहादुर तामाङले नेपालको लागि ऐतिहासिक ३२ औं स्वर्ण पदक दिलाए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार