२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

१३ औँ दक्षिण एसियाली खेलकुद : ज्ञानेन्द्र मल्लको शतकमा भुटानविरुद्ध नेपालको विशाल योगफल

बुधवार , मंसिर १८, २०७६

काठमाडौं, मङ्सिर  ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटमा नेपालले भुटानलाई २ सय ३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शानदार शतकीय पारीको मद्दतमा २ सय ३६ रनको विशाल योगफल तयार पारेको छ ।

नेपाललाई विशाल योगफलमा लैजान कप्तान मल्लले पहिलो अन्तर्राष्ट्रिय टी–२० शतक प्रहार गर्दै ५५ बलमा १०७ रन बनाए । यो हालसम्मकै उनको उत्कृष्ट टी–२० पारी हो ।

यस अतिरिक्त पूर्वकप्तान पारश खड्काले पनि अद्र्धशतकीय पारी खेले । खड्काले २८ बलमा ९ चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए ।

भुटानका लागि कर्मा दोर्जीले दुई विकेट लिए भने तोब्देन सिङ्ग्येले एक विकेट लिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार