२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आव २०७७/०७८ को बजेट

बजेटमा के के महंगियाे : "सुन, डिजेल, पेट्रोल, मट्टितेल भन्सार महशुल"

चुरोट, सिगार, पानमसला, गुट्खाजस्ता वस्तुमा स्वास्थ्य जोखिम कर वृद्धि

बिहिवार , जेठ १५, २०७७

काठमाडौं, जेठ । आव २०७७/०७८ को बजेटले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ । सरकारले  बिहीबार प्रस्तुत  बजेटमा अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा सामान्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

यसैगरी, सरकारले चुरोट, सिगार, पानमसला, गुट्खाजस्ता वस्तुमा स्वास्थ्य जोखिम कर वृद्धि गरेको छ। त्यसकारण यसको अम्मलीहरूले अब अझै बढी खर्च गर्नुपर्ने भएको छ। सरकारले करिब एक दर्जन वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाउने घोषणा समेत गरेको छ ।

उद्योगहरूले ल्याउने औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको तुलनामा एक तह कम हुने गरी केही वस्तुमा भन्सार महसुल घटाउने निर्णय भएको समेत अर्थमन्त्रीले उल्लेख गरेका छन् ।

हवाई इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहना भने महँगो हुने भएको छ । किनभने सरकारले यी वस्तुको भन्सार महसुल बढाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार