काठमाडौँ, जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८को आर्थिक बजेट पेश गर्नुहुँदै कोरोनालगायतको राेकथाम तथा उपचारमा बजेट वृद्धि गरीएकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेकाे बजेटमा कोरोना रोकथाम तथा उपचारको लागि औषधि, उपकरण र अन्य सेवाका लागि ६ अर्ब बजेट व्यवस्था गरेका छन ।
संसद भवन नयाँ बानेश्वरमा डा. खतिवडाले सङ्घीय संसदको दुवै सदनमा २०७७/७८ को बजेट पेश गरे । उनले स्वास्थ्य मन्त्रालयकाे बजेट ९० अर्ब विनियाेजन गरेकाे बताए ।
स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्तास्वरुप पाँच लाखसम्मको स्वास्थ्य बिमाको व्यवस्था गरिएकाे छ भने नागरिककाे स्वास्थ उपचार सहज बनाउन स्वास्थ्य बिमाका लागि सात अर्ब बजेट व्यवस्था गरेका छन ।
सरकारले यो बर्ष सरकारले रोकथाम, नियन्त्रण, उपचारका लागि स्वास्थ्य क्षेत्रमा सेवा १२ अर्ब ४६ करोडको व्यवस्था गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट सार्वजनिक गरेका छन ।
यो वर्षनै काठमाडौमा तीनसय शैयाको सरुवा रोग नियन्त्रण अस्पताल निर्माण गरिने र प्रत्येक प्रदेशको राजधानीमा २५० शैयाको अस्पताल बनाउने बताए ।
त्यस्तै उनले २७२ स्थानीय तहमा ५ देखि १५ सम्मको अस्पताल बनाउन १४ अर्ब २७ करोड विनियोजन गरिएको छ । तीन वर्षमा सबै नागरिकमा स्वास्थ्यमा बीमा गराउने र ४० प्रतिशत जनतामा बीमाको दायरमा ल्याउन ७ अर्ब ५० करोडकाे व्यवस्था गरिएकाे छ ।