२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखको साँघुरो जित, बोरुसिया डर्टमण्ड १–० ले पराजित

मंगलवार , जेठ १३, २०७७

काठमाडौं, जेठ । जर्मन बुन्डेस लिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले साँघुरो जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई १–० ले पराजित गरेको हो ।

उपाधिको अर्को दाबेदार क्लब डर्टमण्डको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किमिचले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना थप बलियो बनाएको छ । बायर्नले डर्टमण्डविरुद्धको अंक दूरी ७ अंकको बनाएको छ ।

बायर्नको २८ खेलबाट ६४ अंक रहेको छ । दोस्रो स्थानको डर्टमण्डको ५७ अंक छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार