काठमाडौं, मङ्सिर । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार विभिन्न पाँच खेलका विविध स्पर्धामा स्वर्ण पदकको टुंगो लाग्दैछ ।
कुल ३६ स्वर्ण रहेको एथ्लेटिक्समा बिहीबार ८ स्वर्णको टुंगो लाग्दै छ । यस्तै ३८ स्वर्ण रहेको पौडीमा पनि ८ स्वर्णकै छिनोफानो हुनेछ । पौडीका खेलहरु बिहीबारदेखि सुरु हुन लागेका हुन् ।
तेक्वान्दोको बिहीबार अन्तिम दिन हो । २९ मध्ये अन्तिम ६ स्वर्णको टुंगो बिहीबार लाग्दैछ।
साइक्लिङ्गका कुल ८ मध्ये दुई स्वर्णको टुंगो बिहीबार लाग्दैछ । नेपालले बुधबार दुई स्वर्ण जितेको थियो साइक्लिङ्गमा ।
यसैगरी भारत्तोलनका खेलहरु बिहीबारदेखि सुरु हुँदैछन् । कुल २० मध्ये तीन स्वर्णको टुंगो लाग्नेछ । बिहीबार नै आर्चरी, बास्केटबल र बिचभलिबलका खेलहरु पनि सुरु हुनेछन् ।