२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

तेह्रौं दक्षिण एसियाली खेलकुद

पदक तालिका : ३४ स्वर्णसहित भारत शीर्ष स्थानमा

नेपाल २९ स्वर्ण

बुधवार , मंसिर १८, २०७६

काठमाडौं, मङ्सिर  । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को पदक तालिकामा भारतले नेपाललाई उछिन्दै शिर्ष स्थानमा उक्लिएको छ । खेलको चौथो दिन भारतले ३४ स्वर्णसहित पदक तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको छ ।

तेह्रौं सागको चौथो दिन भारतले १९ स्वर्ण पदक जितेको छ । नेपालले चौथो दिन भने छ स्वर्ण पदकमा चित्त बुझाउनुपर्यो । भारत शिर्ष स्थानमा उक्लिदा उसले कुल पदक संख्यामा पनि नेपालभन्दा बढेको छ । चौथो दिनको सम्पूर्ण स्पर्धा समाप्त हुँदा भारतले ३४ स्वर्ण, २३ रजत र १३ कास्यसहित ७० पदक प्राप्त गरेको छ । नेपालले भने २९ स्वर्ण, १५ रजत र २५ कास्य जितेर कुल पदक संख्या ६९ पुर्याएको छ ।

चौथो दिनको समाप्तीसँगै ८५ स्वर्ण पदकको परिणाम आइसकेको छ । तेह्रौं सागमा कुल ३२४ स्वर्ण पदकको लागि स्पर्धा हुनेछ । पहिलो तीन दिन लगातार प्रभुत्व कायम गरेको नेपालले चौथो दिनको समाप्तीसँगै पदक तालिकामा एक स्थान तल झरेको छ । कराँते र तेक्वान्दोको हरेक विधामा पदक प्राप्त गरेको नेपालले दुई स्पर्धाका खेलहरु समाप्त हुन लाग्दा पदक तालिकामा तल झरेको हो ।

यसअघि सागको चौथो दिन नेपालले तेह्रौं सागमा २९ औं स्वर्ण पदक जितेर साग इतिहासमा १०० औं स्वर्ण पदक समेत पुरा गर्यो । ऐतिहासिक पदक प्राप्त गर्न तेक्वान्दोका सक्षम कार्कीले अवसर जुराए । उनले ८७ किलोमाथिको तौल समुहमा पाकिस्तानका वकार अली शाहलाई पराजित गर्नुभयो ।स्वर्ण पदकको लागि भएको स्पर्धामा शाहलाई २७–९ ले हराए ।

१९८४ मा सुरु भएको सागको प्रथम संस्करणमा बक्सिङका पुष्कर शाहीले नेपाललाई ऐतिहासिक पहिलो स्वर्ण पदक दिलाएका िथए ।

साग उद्घाटनपछिको पहिलो दिन सोमबार नै १५ स्वर्ण जितेको नेपालले मङगलबार ८ र बुधबार छ पदक जित्दै स्वर्णको संख्या २९ पुर्याएको छ । नेपालले हालसम्म प्राप्त गरेको २९ मध्ये कराँतेमा १० र तेक्वान्दोमा ११ स्वर्ण पाएको छ । उसु थाउलोमा तीन, साइक्लिङ डाउनहिलमा दुई, ट्रायथोलन र डुवायथोलनमा सामान एक एक, एथ्लेटिक्समा एक स्वर्ण रहेको छ ।

मङ्गलबारसम्म चौथो स्थानमा रहेको पाकिस्तान भने ९ स्वर्ण, १७ रजत र १५ कास्यसहित ४१ पदक जितेर तेस्रो स्थानमा उक्लिएको छ । उसले कराँते र तेक्वान्दोको प्रायजसो स्पर्धामा फाइनलसम्म पुगेको थियो ।

श्रीलङ्का भने चौथो स्थानमा झरेको छ । उसले ८ स्वर्ण पदक जितेको छ । २१ रजत जितेको उसको कुल पदक संख्या ६७ रहेको छ । चार स्वर्णसहित बङ्गलादेश पाँचौं स्थानमा छन् । उसको कुल पदक संख्या ३७ छ । एक मात्र स्वर्ण जितेको माल्दिभ्स रजतविहीन छ । उ तीन पदकसहित छैठौं स्थानमा छन् ।पुछारमा रहेको भुटानले हालसम्म स्वर्ण जित्न सकेको छैन् । उसले हालसम्म तीन कास्य मात्रै जित्न सकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार