२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ

नेपालमा कोरोना : " शुक्रवार ४ वजेसम्म ५०७ मा भेटियो संक्रमण"

कोरोना भाइरसको संक्रमण ४० जिल्लामा

शुक्रवार , जेठ ९, २०७७

काठमाडौं, जेठ । नेपालमा शुक्रवार ४ वजेसम्म ५०७ जनामा भेटियो कोरोना संक्रमण भेटिएको छ। शुक्रवार विहान ९ वजे ४८७ जना रहेकोमा अपरान्ह ४ वजेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले थप २० जना नयाँ संक्रमित भएको बताएको थियो। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रवार २१ जना संक्रमित डिस्चार्ज भइ अस्पतालबाट घर फर्किएको पनि जानकारी दिएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाका १२ पुरुष र ९ महिला डिस्चार्ज भएका  हुन्। 

संक्रमित २० नयाँ मध्ये कैलालीमा ३ जना पुरुष फेला परेका छन्। उनीहरु जानकी गाउँपालिका हुन्। त्यसैगरि पर्शुराम नगरपालिका, डडेलधुराका १ र शिवनाथ एक वैतडीका १ मा पनि कोरोना देखिएको छ।

बाँकेका १४ जना मध्ये राप्ती सोनारीका १ र नरैनापुर गाउँपालिकाका १३ जना रहेका छन्। रतुवामाई २ मोरङका १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो।  

नेपालमा अहिलेसम्म आधाभन्दा बढी जिल्लाका नागरिकलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४० जिल्लामा कोरोना संक्रमण भएको हो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार