२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

महिला भलिबल : नेपालकाे उच्च प्रदर्शन ,भारतले स्वर्ण

मंगलवार , मंसिर १७, २०७६

काठमाडौ, मङ्सिर ।  नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग फाइनलमा ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित हँुदै रजत पदकमा सीमित बने पनि मन जित्ने प्रदर्शन गरेको छ । फाइनल पुगेर नै नेपाली भलिबलमा इतिहास कायम गर्न सफल महिला टोलीले मंगलबार भारतलाई कडा चुनौती दिएको थियो ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलतर्फ पहिलो सेट गुमाएको नेपालले दोस्रो सेटमा २५–२३ को जित निकाल्दै खेललाई बराबरी ल्यायो तेस्रो सेट नेपालले २५–२१ ले आफ्नो पक्षमा पा¥यो । निकै प्रतिस्पर्धात्मक चौथो सेट २५–२० ले गुमाएपछि स्वर्णको छिनोफानो पाँचौ सेटमा पुगेको थियो ।

पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पारेको थियो । यद्यपि, नेपाली भलिबलको इतिहासमा नेपालले रजत जितेको यो पहिलो पटक हो । यस अघि नेपाली महिला भलिबल टोलीले तीनपटक कांस्य जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ मा कांस्य जितेको थियो ।

खेलको पहिलो सेटमा भारत २५–१७ ले विजयी भएको थियो । भारतले सुरुवाती समय १३–८ को अग्रता लिएको थियो । निरन्तर अग्रता कायम गर्दै भारतले पहिलो सेटमा सोझो जित हात पारेको थियो ।

दोस्रो सेटमा नेपालले जित दर्ता गर्दै इतिहास पनि रचेको छ । महिला भलिबलमा नेपालले पहिलोपटक भारतलाई कुनै पनि सेटमा हराएको हो । दोस्रो सेटमा नेपालले सुरुवाती अग्रता कायम गरेको थियो ।

नेपालले ४–१ को अग्रता कायम गरेको थियो । भारतले पुनरागमन गर्दै ८–८ को बराबरी गरेको थियो । भारतले लगातर दुई अंक जोड्दै १०–८ को अग्रता कायम गर्न सफल भयो । नेपाली स्पाइकरले उत्कृष्ट ब्लक गरेपछि नेपालले खेलमा पुनः अग्रता कायम गर्दै १३–१२ को अवस्थामा ल्याए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाल १६–१५ ले पछि परेको थियो । भारतीय खेलाडीको तालमेल नमिल्दा खेल १६–१६ को अवस्थामा पुगेको थियो । प्रतिभा मालीको चलाखीपूर्ण प्रदर्शनले नेपालले १९–१७ को अग्रता कायम गर्दै जितको आशा देखाएको थियो । सफिया पुनको सर्भिस नेटमा लागेर कटेपछि अग्रता बढाएको थियो ।

नेपालले २२–१८ को अग्रता लिँदै जित निकाल्न सफल भएको थियो । नेपालले तेस्रो सेटमा पनि सुरुवातदेखि नै अग्रता कायम गर्दै भारतलाई दबाबमा राख्यो । तेस्रो सेटमा १३–१३ को अवस्थाबाट अघि बढेको नेपालले २५–२१ को जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक चौथो सेटमा पनि १८–१६ ले अगाडि रहेको थियो ।

नेपालले पुनरागमन गर्ने प्रयास गरे पनि भारतले लगातार अंक जोड्दै चौथो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । पाँचांै सेटमा भारतले सुरुवातमा नै ३–० को अग्रता लिँदै नेपाललाई दबाबमा राखेको थियो । पाँचांै सेटको मध्यान्तरसम्म नेपाल ८–२ ले पछाीड रहेको थियो । त्यसपछि नेपालले थप ४ अंक जोड्दा भारतले १५–६ ले खेल आफ्नो पक्षमा पार्दै स्वर्ण जित्न सफल भयो ।

पुरुषतर्फ पनि भारतले नै स्वर्ण जितेको छ । भारतले पाकिस्तानमाथि ३–१ को जित निकाल्द स्वर्ण हात पारेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार