२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना कहर

नेपालमा कोरोना : "प्रदेश १ मा थप तीनमा कोरोना पुष्टि, संक्रमित २९५ पुगे"

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९

आइतवार , जेठ ४, २०७७

काठमाडौं, जेठ  । प्रदेश १ मा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको संख्या ३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार विराटनगरकी २९ वर्षीय महिला र  विराटनगरकै ३६ वर्षका व्यक्तिमा कोरोना पुष्टि भएको हो ।  यस्तै धनकुटाकी ३४ वर्षीय महिलामा कोरोना देखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् । तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ।

संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार