२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना भाइरसबाट विश्व प्रभावित

बेलायत : "कोरोनाबाट ६३ नेपालीकाे ज्यान गुमाए"

भूपू गोरखा सैनिक ५२ र गैरसैनिक ११ : दूतावास

शनिवार , जेठ ३, २०७७

लण्डन, जेठ । कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ। लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले  जानकारी दिएका हुन्। हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन्।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ। गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार