काठमाडौं, जेठ । शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएको छ । जसमा काभ्रे घर भएका २६ वर्षका पुरुष र महोत्तरीका ५२ वर्षका पुरुष रहेका छन् ।
हाल महोत्तरीमा रहेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ । शनिबार मात्र ११ जना कोरोना संक्रमित थपिएका हुन् ।
यसअघि मन्त्रालयले शनिबार नै बर्दिया राजापुरकी २८ वर्षकी महिला, सिरहा सखुवा नन्कारकट्टीका ३० वर्षका पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरका २८ वर्षकी महिला र चितवनकी २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा पनि शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।