२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना कहरः

थप ९ जनामा कोरोना संक्रमण, बाँकेमा ८ र मकवानपुरमा १ थपिँदा पुग्यो २५८

सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य

बिहिवार , जेठ १, २०७७

काठमाडौं, जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

उनीहरु मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष छन् भने बाँकी बाँके नैरापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुष छन् ।

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार