२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना भाइरस : भयाबह बन्दै

नेपालमा कोरोना : "पाँच नयाँ थपिए, संक्रमितको संख्या २५० पुग्यो"

यसअघि आज दुई जनामा कोरोना संक्रमण

बुधवार , बैशाख ३१, २०७७

काठमाडौं,  वैशाख।  आज पाँच जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप नयाँ पाच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषा, जनकपुर र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीय महिला, महोतरी, जलेश्वर र बलवा नगरपालिकाका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

उनीहरु चिकित्सकको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । यसअघि आज नै दुईजनामा कोरोना संक्रमण देखिएको थियो ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार