२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

फिफा यू १७ महिला विश्वकप पनि सर्ने २०२१ सम्मका लागि

मंगलवार , बैशाख ३०, २०७७

काठमाडौं, वैशाख । फिफा यू १७ महिला विश्वकपको नयाँ मिति तय भएको छ ।

भारतमा यहिँ वर्षको अत्यतिर हुने तय भएको प्रतियोगिता कोरोना भाइरसका कारण एक वर्ष पछि धकेलिएको हो । फिफाले मंगलबार बेलुका उमेर समुहको महिला विश्वकपको नयाँ मिति२०२१ फ्रेब्रुअरी १७ देखि मार्च ७ सम्म हुने भएको छ ।

यसअघि यो प्रतियोगिता भारतमै २०२० नोभेम्बर २ देखि २१ सम्म हुनेतय भएको थियो । प्रतियोगिताको मिति सरेपनि खेलका मापदण्ड यसअघिकै अनुसार हुने पनि फिफाले स्वष्ट पारेको छ ।

फिफाले कोरोना भाइरसका कारण यो वर्ष हुने तय भएका अधिकाशं प्रतियोगिताहरु पछि धेकीसकेको छ । महिला विश्वकपका लागि एसियाबाट जापान र उत्तर कोरिया छनोट भएका छन् भने भारत विश्वकप आयोजकको हिसाबमा सोझै छनोट भएको हो ।

विश्वकप खेल्ने खेलाडी जनवरी १ २००५ देखि डिसेम्बर २००५ भित्र जन्मिएको हुनु पर्ने फिफाको नियम छ । विश्वकपका खेल भारतका ५ शहरमा हुनेछन् । अहम्दाबाद, नयाँ मुम्बई, भुवनेश्वर, गुवाहाटी र कोलकातामा विश्वकपका खेल हुनेछन् ।

अहिले उक्त पाँचवटै रंगशालाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार