२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

फुटबलमा नयाँ नियम: एउटै खेलमा पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाइने

शुक्रवार , बैशाख २६, २०७७

काठमाडाै, बेशाख । कोरोना महामारीपछि फुटबल खेल सुरु हुँदा केही नयाँ नियमहरु लागु हुने भएको छ ।

खेलाडीहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर एक खेलमा पाँच खेलाडीसम्म परिवर्तन दिईने भएको छ ।

कोरोनाका कारण रोकिएको फुटबल सुरु हुने बित्तिकै क्लबले एउटै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने भएका हुन् ।

विश्वभर फुटबल खेलको नियम नियन्त्रण गर्ने निकाय अन्तराष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी)ले खेलाडीको सुरक्षाका लागि थप खेलाडी परिवर्तन गर्न पाउने नियममा सहमती जनाएको बताएको छ ।

आईएफएबीले फिफा समक्ष नयाँ नियम स्विकृतीका लागि आग्रह गरेको थियो । फिफाले सबै प्रतियोगितामा सो नियम लागू गर्न निर्देशन दिएको हो ।

यो वर्षको डिफेम्बर ३१ भित्र सञ्चालन हुने सबै प्रतियोगितामा सो नियम लागू हुनेछ ।

युरोपका धेरै प्रतियोगिता सहित युरोपा लिग र च्याम्पियन्स लिगका अधिकांश खेल बाँकी छन् ।

हरेक टिमलाई तीन पटक खेलाडी परिवर्तनका लागि समय उपलब्ध गराईनेछ । सो समयमा टिमहरुले अधिकतम पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाउनेछन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार