काठमाडौं, पुस । नेपाली कांग्रेसका नेताहरू समानुपातिकतर्फको बन्द सूची बुझाउन निर्वाचन आयोगमा पुगेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको बन्दसूची बुझाउन मीनबहादुर विश्वकर्मालगायत नेताहरु आयोग पुगेका थिए ।
नेपाली कांग्रेसको आज बसेको कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फको सूची पारित गरेको थियो।
आयोगले हिजो र आज बन्द सूची पेश गर्न समयसीमा तोकेको थियो। कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले समानुपातिकमा ११० जनाको नाम पठाइएको बताए।
उनले युवा र अवसर नपाएका व्यक्ति पनि समावेश गरेको बताए। महतले सकेसम्म सबै जिल्लाका व्यक्तिलाई समानुपातिक सूचीमा राख्ने प्रयास भएको जानकारी दिए।