२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रपतिको आह्वान

प्रधानमन्त्री - तीन दल नेता बैठक : निर्बाचन र संसद पुनस्थापनाबारे छलफल

मंगलवार , पौष ८, २०८२

 

काठमाडौं, पुस । शीर्ष तीन नेताको अनुहार नै हेर्न मन नलाग्ने बताउँदै आएकी अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले अन्तत स् तीनै तीन शीर्ष नेतासँग शितल निबासमा छलफल गरेकी छन्।

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच अहिले भेटवार्ता जारी छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ' प्रचण्ड' बीच आज शीतल निवास भेटवार्ता भएको हो।

राष्ट्रपतिको आह्वानमा तीन दलका शीर्ष नेता र प्रधानमन्त्री शीतल निवासमा पुगेका हुन्। भदौ २३ गतेको जेनजी आन्दोलनपश्चात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपश्चात राष्ट्रपतिले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटनको सिफारिस गरेपछि विघटन गर्दै राष्ट्रपति पौडेलले सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट दिएका थिए।

फागुन २१ गते तोकिएको निर्वाचनको मिति नजिए पनि दलहरूले सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै आलोचना गर्दै आएको बेला राष्ट्रपति पौडेलको रोहबरमा आज उनीहरूबीच शीर्ष नेताहरूबीच छलफल गराएका हुन्।

कार्कीले संसद् विघटन गरेपश्चात शीर्ष नेताको संयुक्त बैठक बस्न सकेको थिएन। बालुवाटारमा पुगेका शुभचिन्तकसँग प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताको अनुहार हेर्न नचाहेको अभिव्यक्ति दिएपछि दलहरु रुष्ट थिए।

प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेतालाई नभेट्ने अडान राख्दै आएकी थिइन्। यता एमाले र कांग्रेससहित कानुन व्यवसायीहरु संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिइसकेका छन्। दुई शीर्ष दलले प्रमुख सचेतकमार्फत रिट दायर गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार