२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

'अहिले पार्टीमा सैद्धान्तिक बिचलन आएको छ ' : डा.कोइराला

शनिवार , मंसिर २७, २०८२

 

काठमाडौँ, मङ्सिर । कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् ।

नेता कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरममा युवा पुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए ।

आफुले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि कोइरालाले गरे ।

प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग काठमाडौको बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा भएको भेटघाटमा नेता कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरुले पुर्याएको योगदानको सधै उच्च कदर हुने बताए ।

देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरुको अनुभवको सहयोगको खाँचो रहेको पनि उनले प्रष्ट पारे । 

'सयौं योद्धा र युवाहरुको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक बिचलन आएको छ,' कोइरालाले भने, 'पार्टी भित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ।'

जिल्ला- जिल्लाबाट आएका सेनानीहरुलाई नेता कोइरालाले पार्टीको आसन्न महाधिवेशन र आमनिर्वाचनमा होमिन निर्देशन पनि दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार