२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मौजुदा सरकारमा चारमन्त्री थपिए : ' राष्ट्रपतिसमक्ष लिए शपथ '

'सुशीला कार्की नेतृत्वको सरकार १४ सदस्यीय बन्याे '

शुक्रवार , मंसिर २६, २०८२

 

काठमाडौँ, मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन । शुक्रबार नियुक्त भएका चार मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन ।

राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नयाँ चार जना मन्त्रीले शपथ लिएका हुन ।

शुक्रबार राष्ट्रपति पौडेलसमक्ष भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन ।

शुक्रबारको मन्त्रिपरिषद् विस्तारसँगै सुशीला कार्की नेतृत्वको सरकार १४ सदस्यीय बनेको छ ।

list.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार