२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सरकार - जेनजी सम्झौता गृहकार्य : 'मस्यौदाको तयारी अन्तिम चरणमा '

बुधवार , मंसिर २४, २०८२

 

काठमाडौँ, मङ्सिर । सरकार र जेनजी संयुक्त जनआन्दोलनका अभियन्ताबीच हस्ताक्षर हुने सम्झौता पत्रको मसौदाको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि भइरहेको द्विपक्षीय परामर्शमा सम्झौतापत्रको खाका तयार पार्ने गृहकार्य अन्तिम चरणमा पुगेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको टोली र जेनजीका प्रतिनिधिबिचमा सम्झौतापत्र अन्तिम चरणमा पुयाउने काम भएको बताए । उनका अनुसार केही सामान्य प्राविधिक शब्द मात्रै मिल्न बाँकी छ ।

सरकार र जेनजीबीचमा हुने सम्झौताको मसौदामा सबै विषय टुङ्ग्याएर सम्झौतामा हस्ताक्षर हुने छ । यसैबीच प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सम्झौताका सन्दर्भमा ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार भएको भेटमा अभियन्ता गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखे ।

उनले जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुङ्ग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने बताए ।

उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानु परेको गुनासो गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार