२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस महाधिबेशन विवाद : 'देउवाले लिएको ' यु टर्न' ले निकाश ! '

सोमवार , मंसिर १५, २०८२

 

काठमाडौं, मङ्सिर । बिगत डेढ महिनादेखि जारी  नेपाली कांग्रेस  केन्द्रिय कार्य समिति बैठकको गतिरोधले अन्ततः निकाश निकालेको छ । अघिल्लो आइतबार सभापति देउवाकै हस्ताक्षरबाट टिकट वितरण हुनेगरी उनकै नाममा दर्ता गराइएको छ।

कानुनले केन्द्रीय पदाधिकारीमध्ये जसको नाम पनि पठाउन सकिने व्यवस्था गरेको छ। देउवाकै नाम र हस्ताक्षर गएपछि पार्टीभित्र झन् विवाद सिर्जना भयो।

संस्थापन पक्षकै एक नेताका अनुसार जेनजी घटनापछि देउवा आफैँ सक्रिय राजनीतिमा बसिरहन चाहेका छैनन्। सिंगापुरबाट फर्केपछि उनलाई सक्रिय राजनीतिमा तान्न मुख्यगरी पूर्व सात पदाधिकारीहरूले जोडबल थियो। तर, देउवाले निर्वाचनअगाडि नियमित नगरेमा विशेष महाधिवेशन टार्न नसकिने निचोडमा पुगे।

उनले सिंगापुरबाट फर्केपछि आफ्नो खेमा र इतर खेमाका प्रायः सबै नेताहरूसँग एक एक भेटेर उनीहरूको भावना बुझेका थिए। केन्द्रीय कार्यसमितिको बहुमतले विशेष महाधिवेशन नबोलाउन सक्थ्यो। तर, हस्ताक्षरहरूले बोलाउने भेला सभापतिले रोक्न सक्दैनथे। यसले पार्टी विभाजन हुने जोखिम देखेपछि देउवा यु टर्न भए।

आफैँ सभापति भएका बेला पार्टी विभाजन नहोस्, अर्कोतर्फ विशेष महाधिवेशन गरेर आफैँलाई हटाएको सन्देश नजाओस् भन्नेमा देउवा सचेत भएरै निर्वाचनअगाडिको महाधिवेशनको पक्षमा आएको उनी निकट नेताहरू बताउँछन्।

विशेष महाधिवेशन टार्न उनले निर्वाचन अगाडि नै महाधिवेशन सम्पन्न गर्ने बाटो लिए। सिंगापुरबाट फर्केको करिब दुई साताको बुझाइ र विश्लेषणपछि उनले नै पुस मसान्तभित्रको कार्यतालिका ल्याउन कार्यवाहक सभापति खड्कालाई निर्देशन दिएका थिए।

पाँच पटक प्रधानमन्त्री र दुई पटक नेपाली कांग्रेसको सभापति बनाउन महत्त्वपूर्ण भूमिका खेलेका नेताहरूलाई कमजोर बनाउन लागिएको भन्दै सिटौला र निधि भने असन्तुष्ट थिए ।

देउवाले सोमबार बिहान पनि उनीहरूसँग छलफल गरेका थिए। त्यसक्रममा पनि उनीहरूले तपाईंलाई प्रधानमनन्त्री बनाउन हामीले सहयोग गर्यौँ तर तपाईंले हामीमाथि अन्याय गर्नेभन्दै गुनासो पोखेका थिए।

अन्ततः कार्यवाहक सभापति खड्काले सोमबार केन्द्रीय समिति बैठकमा ल्याएको महाधिवेशनको प्रस्तावित मिति र कार्यतालिका सर्वसम्मत पारित भएको छ ।

खड्काले क्रियाशील सदस्यता वितरणदेखि, नवीकरण र छानबिन, वडा, पालिका, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनकै तालिका प्रस्तुत गरेका हुन् । आगामी पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय हुन पुग्यो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार