२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा एमाले : ' ११ औँ महाधिवेशनको लोगो सार्वजनिक '

आइतवार , मंसिर १४, २०८२

 

काठमाडौँ, मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेका छन ।

एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सो लोगो सार्वजनिक गरेका हुन ।

पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र सङ्कल्पको कलात्मक रुप भएको बताए ।

लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति थियो ।

सोही अवसरमा महाधिवेशनकेन्द्रित जिङ्गल पनि सार्वजनिक गरियो ।  यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि यही मङ्सिर १३ गते मातहतका कमिटीमा प्रतिनिधि छनोट सकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार