काठमाडौँ, मङ्सिर । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने गरी डाकिएको बैठक स्थगित गरिएको हो । बिहीबार बस्ने बैठक अब शुक्रबारलाई सारिएको कांग्रेस स्रोतले जनाएको छ ।
बैठकमा पार्टीको महाधिवेशन गर्नेबारे निर्णय गरिने जनाइएको छ । गत असोज २८ गतेदेखि निरन्तर बसेको केन्द्रीय कार्यसमिति बैठक गत मंसिर ६ गते महाधिवेशन गर्ने मिति नै नतोकी सम्पन्न भएको थियो ।
त्यसपछि कांग्रेस संस्थापनका नेताहरुले फागुन २१ गतेको चुनावपछिमात्र महाधविशेन गर्ने भनी प्रचार गरेका थिए । त्यसको प्रतिवाद गर्दै चुनावअघि नै महाधिवेशन गरी नयाँ नेतृत्व र नयाँ एजेन्डासहित चुनावमा जानुपर्ने भनी विशेष महाधिवेशनको माग गर्ने पक्ष सक्रिय भएको छ ।
उक्त पक्षले बुधबार मात्रै विशेष सभाको आयोजना गरी नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ ।