काठमाडौँ, मङ्सिर । प्रतिनिधिसभा विघटन असंवैधानिक रूपमा गरिएको भन्दै एमाले सर्वोच्च अदालत पुगेको छ । मंगलबार प्रतिनिधिसभा पुनस्स्थापना हुनुपर्ने भन्दै एमालेले रिट पेस गरेको हो ।
एमालेका तर्फबाट तत्कालीन संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले हस्ताक्षर गरेर रिट दायर गरेका छन् ।
रिट निवेदन पेस गरिएको बारे बर्तौलाले सञ्चारकर्मीलाइृ भने, ' असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनःस्थापनाको मागसहितको रिट निवेदन नेकपा एमाले संसदीय दल (असंवैधानिक ढङ्गबाट विघटित प्रतिनिधिसभा) को तर्फबाट आज सम्मानित सर्वोच्च अदालतमा पेस गरिएको हो ।'
एमालेले पेस गरेको रिट निवेदन अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।