२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक : " निर्वाचनमा जाने निर्णय "

राजनीतिक संकटको निकास, र जेन- जीका माग निर्वाचनबाटै सम्बोधन गर्नसकिन्छ : कांग्रेस

शनिवार , मंसिर ६, २०८२

 

काठमाडौँ, मङ्सिर । कांग्रेसले २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन- जीले उठाएको मागलाई संस्थागत रुपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय लिएको हो ।

त्यस्तै राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको छ । तर, दल दर्ताका लागि पठाइने पत्रमा सभापति शेरबहादुर देउवाकै नाम पठाउने वा कार्यवाहक सभापति पूर्णबहादुर खडको नाम पठाउने भन्नेबारेमा उल्लेख गरिएको छैन ।

दल दर्ता गर्दा सभापति देउवाकै नाम पठाइएमा पछि टिकट वितरणमा देउवा नै सक्रिय हुने आशंका छ । कांग्रेसले निर्वाचनको वातावरण निर्माण बनाउन आग्रहसमेत गरेको छ ।

आम नागरिकलाई भयरहित वातावरण बनाउन कांग्रेसले हराइरहेका हतियार र कैदीबन्दीहरुलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार