२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रधानमन्त्री - राजनीतिक दल बैठक

प्रधानमन्त्री कार्कीले भनिन् : " राजनीतिक स्थिरता दिन निर्वाचन "

बुधवार , मंसिर ३, २०८२

 

काठमाडौँ, मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको राजनीतिक अस्थिरतालाई निर्वाचनबाट स्थायी निकास दिनुपर्ने बताएकी छन ।

बुधबार राजनीतिक दलसँगको छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । उनले भनिन्, 'हामीले राजनीतिक अस्थिरतालाई निर्वाचनको स्थायी निकास दिनैपर्छ।

इतिहासको यस संवेदनशील घडीमा मुलुक र लोकतन्त्रप्रति हामी कति इमानदार रह्यौँ भनेर भावी पुस्ताले पनि हाम्रो जाँच गर्नेछ।' सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे जानकारी दिने उदेश्यले सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाएकी थिईन ।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकलाई प्रधानमन्त्री कार्कीले सम्बोधन गरेकी हुन । सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे जानकारी दिने उद्देश्यले बोलाइएको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन ।

बैठकमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा (एमाले) लगायत निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका विभिन्न  नेताहरु सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार