२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रधानमन्त्री कार्की - कांग्रेस युवा नेता भेट

दललाई विश्वासमा लिएर समयमै निर्वाचन गराउन आग्रह

मंगलवार , मंसिर २, २०८२

 

काठमाडौँ, मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताले भेट गरेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको भेटमा उनीहरूबिच मुलुकको समसामयिक राजनीति घटनाक्रम र आगामी निर्वाचनको विषयमा छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिएका छन ।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचन हुने भन्दै निर्वाचनको वातावरण बनाउन दलहरूको साथ आफूलाई आवश्यक रहेको बताएको प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै नेता निरौलाले बताए ।

भेटमा कांग्रेसका युवा नेताले सबै राजनीतिक दललाई विश्वासमा लिएर समयमै निर्वाचन गराउन प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका थिए ।

भेटमा देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाईं, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा, सन्दीप निरौलालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार