२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मधेश प्रदेश सरकार

कांग्रेस महामन्त्री शर्माले भने : ' मधेश प्रदेशमको ' अराजनीति' दुःखद '

सोमवार , कार्तिक २४, २०८२

 

काठमाडौँ, कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा भएको अ राजनीति दुःखद भएका बताएका छन । सोमबार बिहान सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले नागरिक पङ्क्तिमा सङ्घीयताप्रती थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय भएको जानकारी दिएका हुन ।

उनले भने, १६८ (२) को सरकार बन्ने सम्भावना छँदै, मञ्चन भएको प्रहसनलाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ ।

आइतबार राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गरेका हुन ।

प्रदेश प्रमुख भण्डारीले बर्दिबास सिन्धुलीको सिमानास्थित बर्दिबास ३ कालापानी पानस कटेजमा नियुक्तिपत्र प्रदान गरेकी थिईन । मधेशको मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरिएपछि यस्तो प्रक्रिया आएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार