२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कांग्रेस महाधिवेशन बिबाद : ' सर्वसम्मत निर्णय गर्ने प्रयास '

बैठकमा जम्मा दश वटा एजेण्डामा छलफल

आइतवार , कार्तिक २३, २०८२

 

काठमाडौँ, कात्तिक। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नियमित या विशेष महाधिवेशन गर्ने भन्ने विषयमा सर्वसम्मत निर्णय गर्न छलफल हुँदै आएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् रौतहट जिल्लाका पूर्वसभापति मोहम्मद अफताव आलमको निधनप्रति शोक प्रस्ताव पारित भएको र आज आइतबार पार्टी कार्यालय बन्द गरिएको जानकारी दिउका छन ।

पौडेलले भने, ' नेपाली कांग्रेसको बैठक आज थियो। हाम्रो नेता मोहम्मद अफताव आलम बिते। कांग्रेसको परम्परा र संस्कृति अनुसार केन्द्रीय समितिको सदस्य बित्दा शोक प्रस्ताव पारित गर्छन्। तीन दिन पार्टी कार्यालयको झण्डा झुकाइन्छ। एक दिन पार्टी कार्यालय बन्द गर्छ।

उनले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति कात्तिक २५ गते बिहान साढे ११ बजे तय भएको जानकारी दिए । उनले नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा जम्मा दश वटा एजेण्डामा छलफल भइरहेको जानकारी दिए ।

उनले भने, ' नेपाली कांग्रेसको दश वटा एजेण्डामा छलफल भइरहेको छ। त्योमध्ये नेपाली कांग्रेसको जुन विशेष अधिवेशन दर्ता भएको छ। फागुन २१ गतेको चुनावको कुरा जुन आइरहेको छ। नेपाली कांग्रेसले यी सबै एजेण्डामा छलफल, विचार बहस गर्छ।

उनका अनुसार बैठकमा सबै नेताहरुको विचार सुनेर सर्वसम्मत निर्णय हुनेछ। उनले भने, ' नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। यसमा प्रत्येक नेताले आफ्नो विचार राख्न पाउँछ।

बहुविचार, बहुसंस्कार, बहुलवादमा आधारित पार्टी भएको कारणले सबैका विचारहरु आइरहेका छन्। यी विचारहरलाई सुन्छौं, बुझ्छौं। र अन्तिममा नेपाली कांग्रेसले सर्वसम्मत निर्णय गर्छ।' उनले बैठकमा नियमित महाधिवेशन र विशेष महाधिवेशन दुवै विषयमा सुनुवाई हुने भनाइ राखे। उनले भने, 'विशेष महाधिवेशनलाई पनि सम्बोधन गर्छ।

नियमित महाधिवेशनलाई पनि सम्बोधन गर्छ।' चुनावलाई पनि सम्बोधन गर्छ। सबै कुरा ठीक ठीक समयमा उचित ढङ्गले उचित समयमा सबै निर्णय सकारात्मक गर्छ।

उनका अनुसार बैठकमा एक सय ७५ जना नेताले बोल्नुहुने छ। जसमध्ये अब ५३ जना नेताले आफ्नो विचार राख्न बाँकी छ। प्रत्येक नेतालाई बोल्नका निम्ति ११ मिनेट समय दिइएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जेन्जी आन्दोलनको विकसित परिस्थितिमा गत असोज २८ गतेदेखि सुरु भइ असोज ३१ र ३१ गते बसेको थियो ।

त्यसपछि कात्तिक १३, १४, १८, १९, २०, २१ गते बैठक बस्यो। तत्पश्चात् कात्तिक २२ गते आकस्मिक बैठक बसेर नेता आलमको शोक प्रस्ताव पारित गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार