२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

जनता समाजवादी पार्टी

अध्यक्ष यादवले भने : ' पार्टी परित्याग गरेका निर्धक्क घर फर्किनस् '

शुक्रवार , कार्तिक २१, २०८२

 

काठमाडौँ, कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आह्वान गरेका छन ।

उनले विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई सङ्कोच, अप्ठ्यारो वा धक नमानी आफ्नो पुरानै घरमा फर्किन आग्रह गरेका हुन ।

अध्यक्ष यादवले भने,'जसपा नेपालको ढोका सबैका लागि खुला छ, फर्किने सबैलाई हार्दिक स्वागत छ । ललितपुरको इमाडोलमा बिहीबार सम्पन्न जसपा नेपालको केन्द्रीय समिति बैठक अध्यक्ष यादवको अध्यक्षतामा बसेको थियो ।

सो बैठकले पनि विगतका दिनमा सङ्गठन छाडेका नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्ने र आउने सबैलाई स्वागत गर्ने निर्णय गरेको बताइएको छ ।

अध्यक्ष यादवले भने, पार्टी स्थापनाकालदेखि विभिन्न कारणले असन्तुष्ट भई पार्टी छाड्नुभएका सबैलाई जसपा नेपालमा पुनः स्वागत छ । जसपा नेपाल हामी सबैको साझा सङ्गठन हो, त्यसैले जुनसुकै कारणले पार्टी परित्याग गरेका साथीहरूले फर्किन कुनै दुःख, धक वा अप्ठ्यारो मान्नुपर्दैन ।

उनले पार्टी छाडेका नेता कार्यकर्तालाई सम्पर्कमा आउन पनि आग्रह गर्नुभयो । उनले बताए, “फर्किने सबैलाई उहाँहरूको क्षमता, दक्षता, भूमिका र योग्यता अनुसार पार्टीभित्र उचित स्थान र जिम्मेवारी दिइनेछ ।

मुलुकमा विकसित वर्तमान राजनीतिक परिदृश्यलाई दृष्टिगत गर्दै जसपा नेपालले पार्टीलाई अझ सङ्गठित, समावेशी र बृहत् बनाउने अभियान अघि बढाइरहेको बताइएको छ ।

यसै उद्देश्य अनुरूप पार्टी छाडेकालाई पुनः पुरानै घर फर्काउने अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरिने अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार