२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक

सदस्य महर प्रस्ताव   : ' क्रियाशील सदस्यकाे सम्पत्ति विवरण अनिवार्य '

बिहिवार , कार्तिक २०, २०८२

 

काठमाडौं, कात्तिक । नेपाली कांग्रेसभित्र आर्थिक पारदर्शिता र अनुशासन कायम गर्न हरेक क्रियाशील सदस्यले आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने प्रस्ताव गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै पार्टीको नयाँ क्रियाशील सदस्यता लिँदा र नवीकरण गर्दा सम्पत्ति विवरण बुझाउने व्यवस्था लागू गर्न माग गरेका हुन ।

महरको प्रस्ताव अनुसार यो व्यवस्थाले पार्टीका नेता तथा कार्यकर्तामा आर्थिक अनुशासन कायम गर्न सघाउनेछ । उनले भने, 'यसो गर्न सकेमा पार्टीका नेता कार्यकर्तामा आर्थिक अनुशासन कायम हुनेछ ।

'यो नियमले पार्टी सदस्यहरूको आर्थिक अवस्थालाई पारदर्शी बनाउने मात्र नभई सार्वजनिक जीवनमा प्रवेश गर्न चाहने व्यक्तिहरूको पृष्ठभूमि जाँच्न समेत मद्दत पुग्ने उनको तर्क छ ।

पार्टीभित्र शुद्दीकरण अभियान तल्लो तहबाटै सुरु गर्नुपर्ने मान्यताका साथ अघि सारिएको यो प्रस्तावले कांग्रेसमा आन्तरिक सुधार र जवाफदेहिताको विषयमा नयाँ बहस सिर्जना गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार