२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस

केन्द्रीय समिति बैठक स्थगित : ' कार्यसम्पादन समिति छलफलमा '

१५औं महाधिवेशन निर्वाचन अगाडि गराउने कि पछाडि भन्ने विषयमा मतान्तर कायमै

आइतवार , कार्तिक १६, २०८२

 

काठमाडौँ, कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले धोबीघाटमा जारी छ । महाधिवेशनको कार्यतालिकाका विषयमा सहमति जुट्न नसकेपछि केन्द्रिय समिति बैठक स्थगित गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो ।

महाधिबेशनको कार्यतालिकामा साझा धारणा बन्न नसकेपछि कार्यवाहक सभापति खडकाले केन्द्रीय कार्यसमितिका बैठक थप दुई दिन स्थगित गरेर कार्यसम्पादन समितिको बैठक राखेका हुन् ।

शीर्ष नेताहरू सहभागी रहेको कार्यसम्पादन समितिमा पनि पार्टीको १५औं महाधिवेशन निर्वाचन अगाडि गराउने कि पछाडि गर्ने भन्ने विषयमा मतान्तर कायमै छ ।

शनिबारको पदाधिकारी बैठकमा महामन्त्री गगन थापालाई कार्यतालिका प्रस्तुत गर्न दिने विषयमा सकारात्मक भएको थियो । थापाले पुस १६- १९ मा केन्द्रीय महाधिवेशन गर्नेगरी नै कार्यतालिका प्रस्तुत गर्ने तयारीमा थिए । तर, आइतबार बिहान संस्थापन पक्षका नेताहरू निर्वाचन अगाडिको महाधिवेशनमा जानै नसकिने अडान राखेका थिए ।

थापाले पुसमा १६- १९ को कार्यतालिका प्रस्तुत गरेमा संस्थापन पक्षबाट समेत सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा केन्द्रीय महाधिवेशन गर्नेगरी काउन्टरमा अर्को कार्यतालिकाको तयारी गरेका थिए ।

संस्थापन पक्षमा रहेका सात पूर्व पदाधिकारीहरू नै निर्वाचन अगाडि कुनै पनि हालतमा महाधिवेशन गराउने पक्षमा देखिएका छैनन् । उनीहरूको जोडले अघिल्लो दिन बनिसकेको सहमति भत्किएको एक केन्द्रीय सदस्यले बताए ।

धोबीघाटमा बसीरहेको कार्यम्पादन समितिको बैठकमा संस्थापनपक्षले वैशाखमा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडान राखिरहेको छ भने इतरपक्षले पुस १६- १९ को कार्यतालिको प्रस्ताव गरिरहेको छ ।

मध्यमार्गी धारमा रहेका नेता शेखर कोइरालाले पुस १६- १९ को कार्यतालिकामा सहमति गराउन विदेशमा रहेका पार्टीका सभापति शेरबहादुर देउवासँग टेलिफोन परामर्शसमेत गरेका थिए ।

शनिबार देउवासँग परामर्श गरेको उनको सचिवालयले जनाएको छ । देउवासँग कुराकानी भएपछि केही सकारात्मक माहोल भएको थियो । आज पुस मध्यभित्र नै महाधिवेशन गराउने गरी कार्यतालिका प्रस्तुत हुने आशामा थियौं,’ इतरपक्षका एक नेताले भने,' हिजो सकारात्मक देखिएका नेताहरूसमेत आज कडा रूपमा प्रस्तुत भएपछि स्थिति बिग्रेको हो । कान्तीपुरबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार