२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस पदाधिकारी बैठक

महाधिवेशन कार्यतालिकाबारे छलफल :  ' सहमति जुट्न सकेन '

निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा देखिएको विवाद

शनिवार , कार्तिक १५, २०८२

 

काठमाडौँ, कात्तिक । पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउन बसेको नेपाली कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन बनेको छ ।

निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा देखिएको विवाद समाधान गर्न शनिबार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमति जुट्न सकेन ।

बैठक समान धारणा बनाउने निष्कर्षका साथ सकिएको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले बताएका छन् । प्रवक्ता महतले सञ्चारकर्मीलाइृ दिएको जानकारी अनुसार पदाधिकारी बैठक बसेर टुंगिएको छ । '

केन्द्रीय कार्यसमितिमा चलिरहेको छलफललाई सर्वसम्मत निर्णयमा कसरी पुर्‍याउने भन्नेमा नै हाम्रो ध्यान केन्द्रित छ ।' केन्द्रीय समितिले यही सहमतिबाट निर्णय गर्नेछ, र एउटै दृष्टिकोणबाट निष्कर्षमा पुग्नेछ भन्ने विश्वास छ,' उनले भने । उ

नले १५औँ महाधिवेशन आम निर्वाचनअघि गर्दा राम्रो हुन्छ कि पछि गर्दा हुन्छ भन्ने विषयमै मतभेद रहेको छ । उनले भने, 'तर धेरै हिसाबले हामी नजिक आएका छौँ, र अन्ततः एउटै निष्कर्षमा पुग्नेछौँ भन्ने मलाई लागेको छ ।;

नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाखतिर, अर्थात् निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडान लिँदै आएको छ ।

तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् । यही विषयमा मतभेद बढेपछि चालु केन्द्रीय समितिको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार